काठमाडौं । गायक केदार बरुवाल क्षेत्रीको स्वर तथा संगीत रहेको ‘टाढा टाढा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।
हाल अष्ट्रेलियामा बस्दै आएका गायक बरुवालकै शब्द सृजना रहेको ढाढा टाढामा एक प्रेमील जोडीको प्रेम, रोमान्स र विरहको कथालाई देखाइएको छ ।
कहिल्यै नछुट्टिने बाचा कसम खाएको प्रेमील जोडीको रोमान्टिक प्रेम कथालाई निर्देशक केशवराज भट्टले निर्देशन गरेका हुन् । जहाँ मोडल शोफी धरेल र मोडल प्रभात पल ठकुरी गज्जबसँग खुलेका छन् ।
कहिल्यै नछुट्टिने कसम खाएको यो जोडी एकाएक छुट्टिनु पर्दाको वियोगान्त गाथालाई साडे ७ मिनेटको भिडियोमा फिल्मी शैलीमा देखाइएको छ । कुनै एक रोमान्टिक फिल्मको प्रेम कहानी हेरेको जस्तै महशुस हुने टाढाटाढा हिमाल पारीको जिल्ला मुस्ताङका रमणीय दृश्यहरुका कारण झनै विशेष बनेको बताउँछन् गायक तथा संगीतकार बरुवाल ।
गीतलाई गीतकारसमेत रहेका बरुवालले कोरोना महामारीको समयमा क्वारेन्टाइनमा बस्दा सृजना गरेका हुन् । उनले नेपालबाट अष्ट्रेलिया फर्किए लगत्तै क्वारेन्टाइन बस्ने क्रममा सिर्जना गरेका थिए ।
रमन बज्राचार्यको एरेन्ज रहेको सार्वजनिक गीतको छायांकन उत्सव दाहाल गरेका हुन् भने सम्पादन दिलशन शाहले गरेका हुन् ।
भिडियो गायक बरुवालकै अफिसियल च्यानल केदार बरुवाल क्षेत्रीबाट रिलिज गरिएको हो ।
गायक क्षेत्रीले यसअघि गाजलु, जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, आँखैमा गाजललगायत दर्जन बढी गीत बजारमा ल्याइसकेका छन् ।