काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले रंगशालामा हात हालेर धेरै दुःख पाएका बताएका छन् ।
बनेपामा निर्माण हुने अत्याधुनिक चलचित्र स्टुडियोको घोषणा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले रंगशाला बनाउन सम्भव नभएको सुझाव दिँदा दिँदै पनि धुर्मस सुन्तलीले काम अगाडि बढाएर दुःख पाएका बताएका हुन् ।
प्रधानमन्त्रीले अब उनीहरूको दुःख हट्ने पनि बताएका छन् ।
उनले भने, ‘मैले यसो नगर बाबु, नानु, यो सम्भव छैन, भन्दा भन्दै गरे । नगर भन्दा भन्दै गरे धुर्मुस सुन्तलीले बहुत दुख पाए, माया लाग्छ । अब क्रिकेट मैदान पनि बन्छ, उनीहरुको दुख कस्ट पनि हट्छ । मैले त दुःख पाइन्छ नगर, नगर्नु भनेकै हो । तर, ठूलै काम आँटे ।’