नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’मा एलिना

रंग नेपाल २०८२ जेठ १९ मा प्रकाशित

काठमाडौं । गीतकार नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको कम्पोज, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

प्रेम वियोगमा रहेकी युवतीको प्रेमगाथा बोल्ने म त एक्लै ज्यूँछु बरुमा एलिना गज्जबसँग खुलेकी छन् । आफूलाई भन्दा बढी माया गरेको मान्छेले रुवाएर दुनियाँको अघि हाँसोको पात्र बनाएपछि प्रेम वियोगमा परेकी युवतीले एक्लै जिउने चाहना राखेको विषयलाई निर्देशक आयुष क्षेत्री प्रिन्सले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

भिडियोमा गायिका एलिना चौहानकै अभिनय देख्न सकिन्छ । सुबिन गोदारको छायांकन रहेको भिडियोको सम्पादन तथा कलर कल्पेश विश्वकर्माले गरेका हुन्। गीतको चर्चासँगै टिकटक र रिल्स पनि उल्लेख्य बनिरहेको गीतकार दवाडीले बताइन् ।

नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा सक्रिय गीतकार दवाडीले परवासमा रहेर पनि लेखनको क्षेत्रमा क्रियाशीलता देखाइरहेकी छन् । उनका पारालिङ्गीहरूमा समर्पित परिचय, मलाई बाँच्न सिकायौँ जस्ता गीत चर्चामा छन् । सार्वजनिक गीतको निर्माताका रुपमा निमिसा दवाडी रहेकी छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट