चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त

रंग नेपाल २०८२ जेठ २३ मा प्रकाशित

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को सदस्यमा रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट गिरीलाई सदस्य नियुक्ति गरिएको हो ।

गिरीलाई सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिएका हुन् ।

दुई दशकदेखि रंग पत्रकारितामा सक्रिय गिरी विभिन्न साप्ताहिक, मासिक, समाचारपत्र, हिमालयन टाइम्स, सौर्य दैनिक र नेपाल टेलिभिजनको चलचित्र समाचार हुँदै पछिल्लो एक दशकदेखि रातोपाटी डटकममा कार्यरत रहेका छन् ।

नेपाल टेलिभिजनका लागि करिब आधा दर्जन टेलिसिरियल, चलचित्रसम्बन्धी कार्यक्रम समेत निर्माण, निर्देशन गरेका गिरीले केही म्युजिक भिडियोको समेत निर्देशन गरेका छन् । गिरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

त्यस्तैगरी, जाँच समिति (सेन्सर बोर्ड) सदस्यमा कलाकार भीमा मैनाली नियुक्त भएकी छन् । दुई दशक लामो फिल्म करिअरमा मैनालीले कलाकार, लेखक र निर्देशक भएर काम गरेकी छन् । उनले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा समेत आवेदन दिएकी थिइन् ।

यसअघि समितिको सदस्यमा सम्पन्न श्रेष्ठ नियुक्त भएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट