‘सुम्निमा’मा कुन्साङ अनुबन्ध

रंग नेपाल २०८२ साउन १ मा प्रकाशित

काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने लभ स्टोरी जनराको चलचित्र ‘सुम्निमा’मा अभिनेता कुन्साङ बमजन अनुबन्ध भएका छन् ।

अभिनेता कुन्साङ बमजनले मिलन चाम्सको चलचित्रमा काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा हो र यो चलचित्रलाई आफ्नो डेब्यु चलचित्रको रुपमा आफूले दिलो ज्यानले मेहनत गरेर आफूलाई प्रमाणित गर्ने बताए ।

गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको नाम सुन्दा नारीको कथा लाग्ने भए पनि चलचित्र विशुद्ध प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए ।

चलचित्रको मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भइसकेकी छन् । चलचित्रको अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए । निर्देशक चाम्सका अनुसार यूनिसर्भल कथा र अन्तर्राष्ट्रिय बजारलाई ध्यान राख्दै यो चलचित्र तयार पारिनेछ ।

राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताइएको छ ।

चाम्सद्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ले ब्लकबस्टर व्यापार गरेको छ । बायोपिक चलचित्रमा सबैभन्दा बढी व्यापार गर्ने रेकर्ड पनि ‘अञ्जिला’ले बनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट