
काठमाडौं । आज अंग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिनका साथै अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र राष्ट्रिय पोशाक पनि मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित आज १३ औं टोपी दिवस मनाइएको हो । राष्ट्रिय पोशाक तथा टोपी दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले पन्चेबाजासहित वसन्तपुर दरबार क्षेत्रमा प्रभातफेरि गरेको छ ।
