चलचित्र ‘कालकट्टी’का लागि कलाकार अडिसन खुला

रंग नेपाल २०८२ फागुन ४ मा प्रकाशित

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण घोषणा गरिएको चलचित्र ‘कालकट्टी’का लागि कलाकार अडिसन खुला गरिएको छ । रघुनाथ सापकोटाको लगानीमा निर्माण हुन लागेको यस फिल्मको लेखन तथा निर्देशन अमरदीप सापकोटाले गर्नेछन् ।

निर्माण टिमका अनुसार चलचित्र चैत्रको पहिलो साता छायांकनमा जाने तयारीमा रहेको छ । फिल्मका लागि २० देखि २६ वर्ष उमेर समूहकी एक जना सेकेन्ड लिड अभिनेत्री, एक जना बालक र दुई जना बालिका आवश्यक रहेको जनाइएको छ ।

त्यस्तै, २५ देखि ३० वर्ष उमेर समूहका तीन जना पुरुष कलाकार पनि अडिसनमार्फत चयन गरिने निर्माण पक्षले जानकारी दिएको छ । अडिसनमा सहभागी हुन चाहनेले आफ्नो बायोडाटा सहित निर्माण कम्पनीको इमेलमा डिटेल पठाउन सकिनेछ । आवेदन पठाउँदा यी विवरणहरू अनिवार्य रूपमा समावेश गर्नुपर्ने छ । आफ्नो हालसालै खिचिएको फोटो, हाइट र वेटको स्पष्ट विवरण यदि अभिनय गरेको भए भिडियो, सर्ट फिल्म वा चलचित्र छन् भने, तिनका लिंकहरू सम्पूर्ण विवरणहरू इमेलमार्फत पठाउन सकिनेछ । छनोट भएका उम्मेदवारहरूलाई अडिसन मिति र स्थानसम्बन्धी जानकारी इमेलमार्फत गराइने बताइएको छ ।

लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी तथा निर्माता रघुनाथ सापकोटाको सहकार्यमा बन्न लागेको यस चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ सोच, नयाँ ऊर्जा र फरक प्रस्तुतिका साथ दर्शकमाझ आउने अपेक्षा निर्माण टिमले गरेको छ । फिल्म आगामी वर्ष २०८३ भित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।

चलचित्रको छायांकन निसाल पौडेलले गर्नेछन् भने संगीत भीम विष्टले दिनेछन् ।

आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित गरिएको निर्माण पक्षले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट