‘मिरमिरे’को टिजरमा बाबा र छोरीको ‘इमोस्नल’ कथा

रंग नेपाल २०८२ मंसिर २३ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा बाबा र छोरीको इमोस्नल सम्बन्ध देखाइएको छ ।

टिजरमा आमाको अनुपस्थितिमा बुवासँग रहेकी छोरी र उनीहरूबीचको इमोस्नल सम्बन्ध छ । बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको जिम्मेवारी उठाएका छन् ।

सिर्जना निङलेखु स्कुलकी शिक्षिका हुन् । उनी त्रिकोणात्मक प्रेममा रहेको छनक टिजरले दिएको छ । उनी प्रकाश सपूतसँग पनि प्रेममा रहेको सिनेमाको संवाद र दृश्यले देखाएको छ ।

माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई यम शेर्पाले निर्देशन गरेका छन् । यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सहनिर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् । कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालकसमेत रहेका चलचित्र वितरक रोहित कट्टेल छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट