
काठमाडौं । गायक एवम् अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।
४२ वर्षको उमेरमा उनको दिल्लीमा निधन भएको हो । उनी भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् ।
नेपाली मूलका भारतीय नागरिक रहेका तामाङले थुप्रै हिटगीत दिएका छन् भने चलचित्रमा पनि अभिनय गरेका छन् ।