नेफ्टा अवार्डको ११औँ संस्करण अमेरिकामा हुने

रंग नेपाल २०७९ मंसिर २१ मा प्रकाशित

काठमाडौं । यस अघि विभिन्न देशमा आयोजना हुँदै आएको नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)को ‘११ औं नेफ्टा फिल्म अवार्ड–२०८०’ अमेरिकामा आयोजना हुने भएको छ ।

प्राविधिक संघले सोमबार एक विज्ञप्ति जारी गर्दै ११औँ संस्करणको यो अवार्ड अमेरिकाको टेक्सासमा आयोजना हुने जनाएको छ । अमेरिकामै अवार्ड आयोजना गर्नुको कारण’ संघका अध्यष पुष्कर लामाले विज्ञप्ति मार्फत भनेका छन्,‘डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायाङ्कन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागेका हौं ।’

नेपाली चलचित्रको बजारलाई अन्तराष्ट्रियकरण गर्नु आफुहरुको पनि दायित्व भएकाले यसपटक अमेरिका रोजेको उनले बताएका छन् । ्चलचित्र विकाश बोर्डको समेत सहकार्यमा हुने यो अवार्ड आयोजनाले नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कुटनीतिक सम्बन्ध प्रगाढ तुल्याउन सहयोग पुग्ने लामाको कथन छ । नेफ्टाले यस अघि मलेसिया, हङकङ, कतार र दुबईमा यो अवार्ड आयोजना गरिसकेका कारण यसपटक अमेरिकामा पनि गर्न सक्ने उनले जिकिर गरेका छन् ।

कूल ४२ विधामा वितरण हुने अवार्डमा जुरीले वैशाखमा फिल्म हेर्ने कार्यक्रम छ । यसपटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन् । अवार्ड आयोजनका लागि गैरआवासीय नेपाल सङ्घ र कूटनीतिक नियोगसँग पनि समन्वय गर्ने उनले बताए । कोरोना महामारीको कारण अघिल्लो वर्ष अवार्ड हुनसकेको थिएन । महामारीपछि फिल्म क्षेत्र लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट