आज हेटौंडाको भुटनदेवी चौरमा ‘नेपथ्य’ को लाइभ कन्सर्ट

रंग नेपाल २०७९ मंसिर २२ मा प्रकाशित

हेटौंडा । नेपालको चर्चित नेपथ्य ब्याण्डले मकवानपुरको हेटौंडामा आज लाइभ कन्सर्ट गर्ने भएको छ ।

हेटौंडा ४ स्थित भुटनदेवी चौरमा अपरान्ह ४ बजेदेखि हुने ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयारी पुरा भएको आयोजक मानवसेवा आश्रम हेटौंडाले जनाएको छ ।

बुधबार साँझ नै चौरमा पुगेर गायक अमृत गुरुङसहितको टोलीले स्टेज परीक्षण समेत सम्पन्न गरिसकेको आश्रमले जनाएको छ ।

मानवता प्रवद्र्धनका साथै हेटौंडाको लामसुरेधापमा रहेको मानवसेवा आश्रमले शाखा जिल्लाहरुको बाँकी भवन निर्माण तथा त्यहाँ आश्रित बेसहाराहरुको संरक्षण र पालन पोषणको लागि कन्सर्टको आयोजना गरिएको आश्रमले जनाएको छ ।

May be an image of 4 people, people standing and people playing musical instruments

मानवता प्रवद्र्धनका लागि देशका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्ट अन्तर्गत हेटौंडामा हुने कन्सर्ट तेस्रो हो । यसअघि आश्रमले मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा सम्पन्न  गरिसकेको छ ।

आश्रमको कन्सर्ट कार्यक्रम अन्तर्गत अन्तिम कार्यक्रम भने अंग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौंको भृकुटीमण्डपमा हुने बताइएको छ ।

May be an image of 3 people, people standing, people playing musical instruments, guitar and indoor

कन्सर्टमा सहभागि हुन मानवसेवा आश्रमको मुख्य कार्यालयका साथै अनलाइनबाट पनि टिकट लिन सकिने आश्रमले जनाएको छ । टिकट शुल्क भने रु एक हजार रहेको आश्रमले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट