काठमाडौं । नेपाल घुम्न आएका बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।
परिवारसहित नेपाल घुम्न आएका अभिनेता ओबरायले बुबा सुरेश ओबरायसँगै खुमलटारमा अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।
भेटमा उनीहरुले एक अर्काको तारिफ गरेका थिए । प्रचण्डले ओबरायका चलचित्र आफूले हेर्ने गरेको बताएका थिए भने ओबरायले प्रचण्ड राम्रो नेता भएको बताएका थिए ।
गायिका तथा प्रचण्डकी नातिनी स्मिता दाहाल पनि भेटमा उपस्थित थिइन् । प्रचण्डसँगको भेटमा ओबरायले ढाकाटोपी लगाएका थिए ।
व्यवसायी पुनम यादवको निम्तोमा नेपाल घुम्न आएका अभिनेता ओबराय दश दिन नेपालमा रहने बताइएको छ । अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम रहेको बताइएको छ ।