एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणले स्विमिङ पुलमा नृत्य गर्दा विकिनी लगाएको कुरालाई टिप्पणी नगर्न अनुरोध गरेकी छिन् । स्विमिङ पुलमा केको लागि विनिकी लाईन्छ भन्ने कुरा सबैलाई थाहा भएको उनको कथन छ । त्यसैले स्विमिङ पुलमा विकिनीमा नायिकाहरु नाचेको दृष्यलाई ट्रोल नबनाउन उनले अनुरोध गरेकी छिन् ।
विवाहित यी अभिनेत्री यतिबेला अभिनेता शाहरुख खानसँग फिल्म पठानको एउटा गीतका कारण चर्चामा छिन् । चार दिन अघि रिलिज भएको यो गीतमा अहिले नृत्य भन्दा पनि विकिनीका कारण अभिनेत्री दीपिका ट्रोल बनेकी छिन् ।
फिल्म पठानको गीत बेशर्म रंग में…को भिडियोमा अभिनेता शाहरुख खानलाई आफ्नो बसमा पार्न अभिनेत्री दीपिका पादुकोन निकै ग्लामरस लुकमा उत्रिएकी छिन् । आफुले विकिनीमा प्रस्तुत हुनकै लागि उनले शारीरिक तौल पनि सोही अनुसार घटाएर अहिलेको अबस्थामा ल्याएको यी अभिनेत्रीको कथन छ । उनी निकै कामुक देखिएको कारण पनि गीतमा उनको विकिनी दृष्यले चर्चा बटुलेको छ ।
‘गीतले रिलिज हुनेबित्तिकै सामाजिक सञ्जालमा भ्युजको रेकर्ड बनाएको छ । गीत केही मिनेटमै भाइरल भयो । यससँगै फ्यानहरुले यो गीत बारम्बार बजाउन थाले।’ तर मिडियाले अहिले आफ्नो अनाबस्यक टिप्पणी गरेको यी अभिनेत्रीले बताएकी छिन्
यस गीतमा दीपिका पादुकोण र शाहरुख खानले रोमान्सको सबै सिमा पार गरेका छन् । यस्तो अवस्थामा हामीले यो गीतको सबैभन्दा रोमान्टिक र बोल्ड दृश्यहरु तपाईहरुको लागि ल्याएका छौं भन्ने भन्ने प्रतिक्रिया शाहरुखको छ । यो गीतको छायाँकन न्युजिल्यान्डमा गरिएको हो ।
भिडियोमा शााहरुख खान पनि ३० वर्षीय युवा बन्न खोजेको छन् । शाहरुखले आफ्नो बडी शो अप गरेका छन् । पठानको संगीत विशाल शेखरको रहेको छ भने शब्द कुमारको रहेको छ । स्वर शिल्पा रावको रहेको छ । शाहरुख खान र दीपिका पादुकोण लामो समयपछि सँगै आएका छन् । यसअघि यी दुबै स्टारले ओम शान्त ओम, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यू इयर जस्ता फिल्म दिएका थिए । जहाँ फ्यानहरुले उनीहरुको जोडीलाई निकै मन पराएका थिए । यतिबेला अब पठानको पालो आएको छ ।