‘छड्के २’मा र्‍यापर भिटेनको आवाज

रंग नेपाल २०७९ पुष २८ मा प्रकाशित

काठमाडौं । फागुन १९ बाट प्रदर्शन हुने चलचित्र ‘छड्के २’को एक गीतमा र्‍यापर भिटेनले स्वर दिने भएका छन् ।

गीतको शब्द रचना तथा सङ्गीत पनि भिटेन स्वयंले तयार पारेका छन् ।

कथा सुहाउँदो भएकै कारण आफूहरूले भिटेनको गीत चलचित्रमा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताए ।

अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ग्याङस्टार जनरामा निर्माण भएको छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आलेमगर मुख्य भूमिकामा छन् ।

चलचित्रको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट