छक्का पन्जा ४ को ‘सिरूपाते जुँगामा’ गीत सार्वजनिक

रंग नेपाल २०७९ फागुन २३ मा प्रकाशित

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ४’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘सिरूपाते जुँगामा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा बाबुल गिरीको स्वर, शङ्कर अधिकारीको शब्द र बाबुलकै सङ्गीत संयोजन तथा मिसिङ छ । गीतको भिडियोमा दीपकराज गिरी र बेनिशा हमाललाई देख्न सकिन्छ ।

हेमराज बीसीले निर्देशनमा बनेको फिल्ममा दीपक र बेनिशासँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ ।

नरेन्द्र मैनालीले छायाङ्कन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट