
काठमाडौं । नेपालमा छायाङ्कन भएको भारतीय फिल्म ‘उचाई’आजबाट प्रदर्शनमा आएको छ ।
फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा, परीनिती चोपडा, नीना गुप्ता, सारिका हसन जस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको फिल्म ‘उचाई’ आजबाट प्रदर्शनमा आएको हो ।
नेपालको स्वयम्भू, काठमाडौं विमानस्थल, लुक्ला, नाम्चे, मनाङमा झन्डै एक महिना छायाङ्कन भएको थियो ।
राजश्री प्रोडक्सनको फिल्म ‘उचाई’ सुरज आर बडजात्याले निर्देशन गरेका हुन् ।