इस्वी संवतको नयाँ वर्ष २०२३ सुरु

रंग नेपाल २०७९ पुष १७ मा प्रकाशित

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२३ सुरु भएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुआत भएको मानिन्छ । यो संवत नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्षअघि देखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।

विदेशी पर्यटकको भिडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा लगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा शनिबार राति नयाँ वर्षलाई स्वागत गर्न विभिन्न कार्यक्रम भएका थिए । नयाँ वर्ष को स्वागतमा आज विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।

धेरै पढिएका

पछिल्ला अपडेट