सिर्जु र राम्जीको ‘आइया मार्‍यो’मा हास्य कलाकार ‘बले’को रोमान्स

रंग नेपाल २०७९ पुष १७ मा प्रकाशित

काठमाडौं । स्थायी घर दाङ भएकी लोकप्रिय गायिका सिर्जु अधिकारी विगत निकै लामो समयदेखि नेपाली गीत–संगीतको क्षेत्रमा क्रियाशील रहेकी छिन् । उनले अहिले सम्म थुप्रै गीत संगीतहरू असङ्ख्य श्रोता तथा दर्शकहरूमाझ पस्किएर आफ्नो सांगीतिक उचाइलाई मजबुत बनाइसकेकी छिन् ।

केहि समयअगाडि मात्रै वैवाहिक बन्धनमा बाँधिएकी सिर्जुको अबको सांगीतिक यात्रा के होला भन्ने आम चासोकाबीच उनले रोम्यान्टिक गीत ‘आइया मार्‍यो’ सार्वजनिक गरेकी छिन् । निकै रोमाञ्चक स्वादमा रहेको उक्त गीतलाई लोकप्रिय सर्जक शिव हमालले लय तथा शब्द भरेका छन् भने स्वर सिर्जु अधिकारी र राम्जी खाँडको सुन्न सकिन्छ । गीतको रोमाञ्चक भाव जस्तै म्युजिक भिडियोलाई पनि अहिलेका दर्शकहरूको मागअनुसार निकै खर्चिलो ढङ्गले तयार पारिएको छ ।

भिडियोमा लोकप्रिय हास्य कलाकार सागर लम्साल ‘बले’ र गायिका स्वयम् सिर्जुको आकर्षक अभिनय देख्न सकिन्छ । ‘आइया मार्‍यो’ गीतको म्युजिक भिडिओलाई निर्देशन मौसम हिमालीले गरेका छन् । हिमाली म्युजिक भिडियो निर्देशनमा कहलिएको नाम हो । भिडियोमा छायाङ्कन नवराज उप्रेतीको रहेको छ भने सम्पादन नवीन घर्तिमगरले गरेका छन् । गीतको म्युजिक भिडियोलाई सिर्जु इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट