यसकारण मिठाई खाँदैनन् नाना पाटेकर

रंग नेपाल २०७९ पुष १७ मा प्रकाशित

काठमाडौं । चर्चित बलिउड अभिनेता नाना पाटेकर कडा मिजासका व्यक्ति मानिन्छन् । २००७ सालमा रिलिज भएको चलचित्र ‘वेलकम’ पछि पाटेकरले पछाडि फर्केर हेर्नु परेको छैन । नाना पाटेकरका जीवनक अनेकौँ किस्सा छन् ।

जुन सडकको जेब्राक्रसिङ पेन्ट गर्ने देखि हालसम्मको बलिउड स्टारसम्मको । त्यसमध्ये उनले मिठाई खाँदैनन् र उनले किन मिठाइ खाँदैनन् त ? भन्ने बारेमा हामी तपाईँहरुलाई जानकारी दिँदैछौँ ।

नाना पाटेरको बाल्यकाल गरिबीमा बितेको थियो । उनले त्यहि बाल्यकालको दुख सम्झेर मिठाई नखाने एक अन्र्तवार्तामा बताएका छन् । उनलाई सानेमा मिठाई एकदमै मन पर्दथ्यो । तर, गरिबीका कारण उनले एउटा मिठाईसमेत किनेर खान सकेनन् । आज उनी बलिउड हस्ती बनिसक्दा पनि मिठाई खाँदैनन् । ‘जब खान मन थियो खान पाइँन । आज जति पनि मिठाई किनेर खान सक्ने हैसियतमा छु तर खान मन लाग्दैन,’ उनी भन्छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट