
काठमाडौं । गायक रमण रेग्मीको ‘मुखै चिलाउनी’ गीतको भिडियो रिलिज गरिएको छ ।
गायक रमण र अस्मिताको अधिकारीको स्वर रहेको गीतमा शब्द तथा संगीत संगीतकार दीपक शर्माको छ ।
नरेन्द्र बियोगीको एरेञ्ज रहेको गीतमा पछिल्लो पुस्ताका चर्चित नायक तथा मोडल पुष्प खड्का र टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल गीत ढुंगानाको प्रेम रोमान्स देख्न सकिन्छ ।