काठमाडौं । गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘नदि’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
सोमबार एक कार्यक्रमकाबीच रामकृष्ण ढकाल युट्युव च्यानलमा सार्वजनिक गरिएको गीतमा हरि लम्सालको संगीत र सिन्धु रानाको शब्द रचना रहेको छ ।
देवेन्द्र नेवाको एरेन्ज रहेको गीतमा रामकृष्ण ढकाल र पुनम भूसालको अभिनय हेर्न सकिन्छ । यो गीतको भिडियोलाई सागर ज्ञवालीले निर्देशन गरेका हुन् ।