काठमाडौं । अर्जुन कुमारको अर्जुनकुमार प्रोडक्शनले निर्माण गर्न लागेको चलचित्र ‘फाटेको जुत्ता खै ?’ आगामी कात्तिक २४ गते रिलिज गर्नेगरी निर्माण घोषणा गरेको थियो ।
एनआरएनए दुबईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना र एनआरएनए केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीसँग मिलेर अर्जुन कुमारले चलचित्र ‘फात्तेको जुत्ता खै ?’ निर्माण गर्न लागेको बताएका थिए ।
चलचित्रको छायाँकनमा वैशाखदेखि सुरू गरिने बताइएको छ । छायाँकनमा नजाँदै फाटेको जुत्ता–२ मा अस्ट्रेलियाबाट नयाँ निर्माता देव कार्की प्रवेश भएका छन् । ‘अस्ट्रेलियामा रिलिज अधिकार पनि लिने गरी उनी निर्माणमा सहकार्य गर्न आएका हुन्,’ निर्माता अर्जुन कुमारले भने । कार्कीले अस्ट्रेलियामा अधिकांश नेपाली चलचित्र रिलिज गर्दै आएका छन् ।
चलचित्रमा सौगात मल्ल र ऋचा शर्माको मूख्य भूमिका रहनेछ । चलचित्रको निर्देशन निकेश खड्काले गर्ने बताइएको छ ।
निकेशले अर्जुन कुमारकै चलचित्र फाटेको जुत्ता निर्देशन गरेका थिए । त्यसैको निरन्तरतामा ‘फाटेको जुत्ता खै ?’ निर्माण हुन लागेको हो । आकाश बरालको कथामा चलचित्र निर्माण हुनेछ भने संगीत प्रवेश मालिकको रहनेछ । आगामी वैशाखमा नवलपुरबाट चलचित्रको छायाँकन सुरू हुनेछ ।