शुक्रबारदेखि ‘अदृश्य’ प्रदर्शनमा आउँदै

रंग नेपाल २०८० साउन १६ मा प्रकाशित

काठमाडौं । पीताम्वर फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘अदृश्य’ शुक्रबारदेखि प्रदर्शन हुने भएको छ ।

फिल्मका निर्माता तथा निर्देशक प्रल्हाद काफ्लेले ‘अदृश्य’ एउटा उत्कृष्ट चलचित्र बनेको दाबी गरे । कलाकारदेखि टेक्निकल टिमसम्मले कुनै पनि कम्प्रमाइज नगरी काम गरेकाले आफूले डेब्यु निर्देशकीय फिल्म राम्रो बनाउन सकेको उनले बताए । फिल्मको पहिले नाम ए राखिए पनि पछि कथा सुहाउँदो नाम ‘अदृश्य’ फिट हुने भएपछि परिवर्तन गरिएको काफ्लेले बताए ।

अभिनेता प्रमोद अग्रहरीले कोरोना महामारीकाबीच छायांकन गरिएको फिल्मको सार्वजनिक पोस्टर, गीत र ट्रेलरले दर्शकमाझ राम्रो छाप छोडेकाले दर्शक हलसम्म पुग्ने विश्वास व्यक्त गरे ।

फिल्मका अर्का मुख्य कलाकार प्रविन खतिवडाले पनि फिल्म राम्रो बनेकाले दर्शकले रुचाउन सक्ने बताए । प्रमोद अग्रहरी, रिस्ता बस्नेत, रवि गिरी जस्ता अग्रज कलाकारसँग काम गर्न रमाइलो भएको र केही नयाँ कुरा सिक्न पाएको भन्दै शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म सबैले हेरेर सहयोग गरिदिन आग्रह गरे ।

फिल्मकी मुख्य अभिनेत्री रिस्ता बस्नेतले फिल्म हेर्न हलमा राम्रो सङ्ख्यामा दर्शक पुग्ने अपेक्षा व्यक्त गरिन् । उनले यो फिल्मबाट धेरै कुरा सिक्ने अवसर समेत मिलेको बताइन् ।

पिताम्बर फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा सोहित मानन्धर, छुल्ठिम गुरुङ, रवि गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापति, गीत विष्ट लगायतको समेत अभिनय छ ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाईं र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको फिल्मका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलीप पन्त हुन् ।

फिल्ममा मीना बस्नेत र उमारुद्रा काफ्लेको लगानी छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह–निर्माता हुन् । ‘अदृश्य’लाई आरआर फिल्मसले वितरण गर्दैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट