…अनि टिकटकमा नामी भए इटहरीका निरौला

रंग नेपाल २०७९ असार १४ मा प्रकाशित

इटहरी। चर्चा कमाउन र सेलिब्रिटीकै उपमा पाउनका लागि काठमाडौं धाउनु पर्दैन भन्ने उदाहरण हुन् इटहरी–४ का कृष्ण निरौला। त्यति मात्र होइन, ठूला–ठूला पर्दाका अभिनय होइन पाएको मौकालाई राम्रोसँग सदुपयोग गरे चर्चा कमाउन सकिन्छ भन्ने उदाहरण पनि हुन्।

टिकटकमा उनका ७ लाख भन्दा धेरै फलोअर छन्। तिनै फलोअरको मायाले उनको चर्चाको चुलीमा पनि छन्। भन्छन्,‘अभिनय गर्ने प्ल्याटफर्मले मलाई निक्कै सहयोग गरेको छ।’

अभिनय उनको रुची भएकाले नै केही बर्षअघि मात्र टिकटकको रोचक सुविधासँग निरौला जोडिएका थिए। उनलाई धेरैले मन पराउन थालेपछि राम्रा र सामाजिक विषयबस्तुमा पनि टिकटक बनाउन थाले।

रोयल मिस्टर क्रिस उनको टिकटक आइडी हो। अहिले त उनी जस्तै टिकटकमा नामी भएका अन्य कलाकारसँग पनि भेट हुने गर्छ। ‘यो पनि एउटा समाज जस्तो बनेको छ। सामाजिक सञ्जालको समाज, मन पराउनेहरुको लर्को बढेको देख्दा हर्षित छु।’

उनको यो कलाको बाटोमा पत्नी र दुई छोराले पनि रुची देखाउन थालेका छन्। ‘अभिनय पनि गर्न पाइने, लाखौंले माया पनि गर्ने र समाज सेवामा पनि सक्रिय हुने मौका यो प्ल्याटफर्मले दिएको छ’, निरौला भन्छन्,‘चर्चा एउटा विन्दु होला तर अवसरको ठूलो मैदान पनि हो।’

चालिस कटेपछि सुरु गरेको टिकटक अब आनीबानी पनि भइसक्यो। तर, उनलाई लाखौंको मायालेचाहिँ ‘नामी’ बनाइदिएको छ।

धेरै पढिएका

पछिल्ला अपडेट