
काठमाडौं । गायक अर्जुन गहतराजको ‘पराई मान्छे’ बोलको गीतको भिडियो रिलिज भएको छ । सरिता सुनार र अर्जुनको स्वर रहेको ‘पराई मान्छे’ले प्रेम र वियोगको कथालाई नजिकबाट केलाएको छ ।
गायक स्वयमकै शब्द संगीत रहेको सार्वजनिक गीतको भिडियोमा आफूलाई भन्दा बढी माया गरेको मान्छे टाढिदाको कथालाई भिडियोमा निर्देशक विशाल बरालले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । जसमा मोडलद्धय अर्जुन र आश्मा कँडेल मज्जैले खुलेका छन् ।
नार्गाजुनमा छायांकन गरिएको भिडियोको कथा पनि गायक स्वयमकै हो । पूर्ण संयोगको संगीत संयोजन रहेको सार्वजनिक गीतको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन् ।
भिडियो अर्जुन गहतराज अफिसियलबाट बजारमा आएको हो ।