हेर्नुस् प्रेम, रोमान्स र विछोडको कथा सुरक्षाको स्वरको ‘तिमी बिना-३’ मा

रंग नेपाल २०७९ असार २० मा प्रकाशित

काठमाडौँ । गायिका सुरक्षा सेन्चुरीको स्वरमा रहेको ’तिमी बिना’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

हङ्गकङ्ग निवासी गीतकार रचना प्रधानको शब्द सिर्जना तथा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा गीत तयार गरिएको छ । गीतमा राहुल प्रधानको एरेन्ज रहेको छ ।

तिमी बिना भाग ३ मा प्रबिन डिसी, आयुष्मा कार्की र सृष्टि सुब्बाको अभिनय रहेको छ । दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईँले सम्पादन गरेका छन ।

प्रेम, रोमान्स र बिछोडले भरिएको त्रिकोणत्मक प्रेम कथालाई देखाउन खोजीएको गीतको भिडियोलाई पछिल्लो पुस्ताका रुचाइएका निर्देशक जस बहादुर याक्खाले निर्देशन गरेका हुन् ।

भिडियोः

धेरै पढिएका

पछिल्ला अपडेट