जेरी-२ मा अनमोलसंग आना 

रंग नेपाल २०७९ असार २२ मा प्रकाशित

काठमाडौँ । निर्माता मनोज शेरचनद्वारा निर्मित ‘जेरी’ प्रदर्शन भएको लामो समयपछि यसको सिक्वेल बन्ने भएको छ ।

जेरीको सिक्वेलमा पनि अनमोल केसी अनुबन्धित भएका छन् । सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको संयुत्त लगानी रहने यो फिल्ममा अभिनय गर्नका लागि अनमोलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

हेमराज बिसी कै निर्देशन रहने फिल्ममा पुरानै अभिनेत्री अर्थात आना शर्मा रहने खबर छ । हालसम्म सम्झौता हुन नसके पनि फिल्ममा आना रहने प्रवल सम्भावला रहेको स्रोतले बताएको छ ।

यसो भएमा आनालाई समेत राहत मिल्ने छ । जेरीमार्फत डेब्यु गरेकी उनका त्यसपछिका फिल्मलाई दर्शकले खासै मन पराएका छैनन् ।

धेरै पढिएका

पछिल्ला अपडेट