हलिउड स्टार जेम्स कानको निधन

रंग नेपाल २०७९ असार २४ मा प्रकाशित

काठमाडौँ । हलिउड स्टार जेम्स कानको निधन भएको छ । फिल्म ‘द गडफादरमा’ को भूमिकाबाट विश्व चर्चित कानको ८२ वर्षको उमेरमा निधन भएको हो ।

मिडिया रिपोर्टकाअनुसार कानका परिवारले सामाजिक सञ्जालमार्फत उनको निधनको खबर बाहिर ल्याएका हुन् । पोस्ट सेयर गर्दै कानका परिवारले लेखेका छन्, ‘हामी निकै दुःखका साथ भन्न चाहन्छौं ।

६ जुलाईमा कानको निधन भएको छ ।’ पोष्ट सार्वजनिक पछि कानका फ्यान र सम्पूर्ण उद्योगका साथीहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट