फिल्म ‘प्रपञ्च’को गीत ‘मुटुमा सास भने आधार’ सार्वजनिक

रंग नेपाल २०७९ असार २७ मा प्रकाशित

काठमाडौँ । बीएस बलामी निर्देशित फिल्म ‘प्रपञ्च’को गीत रिलिज भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको पहिलो गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक गरिएको हो ।

गीतमा मुख्य कलाकारद्वय सुमन थापा र मेनुका माझीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर छ । तेञ्जु योञ्जनले नृत्य निर्देशन गरेकी छन् ।

असोज २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘प्रपञ्च’लाई बद्री साह, अनिल गीता र रविराज आचार्यले निर्माण गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट