‘छड्के २’ मा बालेन र भिटेनले गीत गाउने

रंग नेपाल २०७९ साउन ५ मा प्रकाशित

काठमाडौँ । फिल्म ‘छड्के २’का प्रमुख कलाकारमा रविन तामाङ, कमलमणि नेपाल र सिर्जना सुब्बा पनि जोडिएका छन् । ५० लाख रुपैयाँ पारिश्रमिकसहित अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन् ।

फिल्ममा नयाँ नायिका अनुबन्धित भएकी छन् । उनीसहितका अन्य कलाकारबारे खुलाइएको छैन । अहिले चितवनमा भइरहेको कार्यशालामा अनमोलसहितका कलाकार समेत सहभागी छन् ।

साउन २५ गतेदेखि मनाङ र नारायणगढमा छायांकन हुने फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्दैछन् । साढे चार करोड रुपैयाँ बजेट बताइएको फिल्ममा प्रशान्त, निगम र लक्ष्मण काफ्ले निर्माता छन् ।

यसैबीच, फिल्ममा काठमाडौं महानगरका मेयर समेत रहेका र्‍यापर बालेन साह र भिटेनले समेत गीत गाउने भएका छन् । बालेनले ओएसटी र भिटेनले कथावस्तुमै आधारित गीत गाउने समझदारी भएको निर्माता गिरीले जानकारी दिए ।

धेरै पढिएका

पछिल्ला अपडेट