म्युजिकल नाइटमा ११ जना मोडलको फेसन शो (तस्वीरहरु)

रंग नेपाल २०७९ असोज २ मा प्रकाशित

No description available.

काठमाडौं । शाहरा इन्टरटेन्मेन्ट धरानको आयोजनामा ‘म्युजिकल नाइट तथा एकसेएकरनवे’ सम्पन्न भएको छ । शुक्रबार झापाको बिर्तामोड सनिस्चरेमा स्थित लंका रिसोर्टमा म्युजिकल नाइट सम्पन्न भएको हो ।

No description available.

रनवेमा दिया दाहाल, अंकिता बरुवाल, सुस्मिता भुषाल, पूजा आचार्य, क्रिशिना खतिवडा, आकृति आचार्य, मनिषा थापा, बिञ्जु राजधामी, रुश्मा रोक्का, ऐश्वर्य दुतराज, रचना तामाङ्ग, रोशनी बजगाईले सेन्ट्रल फेसन हब बिर्तामोड र उर्लाबारीले तयार गरेको आकर्षक ड्रेस डिजाइनमा र्याम्प गरेका थिए ।

No description available.

इन्डियाज नेक्स्ट टप मोडलको कन्सेप्टमा नेपालमा पहिलोपटक आयोजना भएको ‘म्युजिकल नाइट तथा एकसेएकरनवे’ मा वेभ ब्याण्डले सांगीतिक प्रस्तुति दिएका थिए । ब्याण्डको प्रस्तुति संगै मोडलहरुले ४ सिक्वेन्समा हिँडेका थिए । ‘एकसेएकरनवे’ फेसन शो थिम फोटोसुट क्याम्पिङमा आधारित शो रहेको हुनाले यसअघि ब्यवसायिक प्रायोजन, उत्पादन वा ब्यानरलाई पाँच फरक ऐतिहासिक, टुरिजम तथा आदिवासी स्थानमा लगायत विभिन्न थिममा रही ६ पटक फोटोसुट गरिएको थियो ।

No description available.

बिर्तामोड, दमक र इटहरीमा गरिएको अडिसनमा ४५ जना सहभागी थिए । जसबाट फाइनल शोको लागि ११ जना छानिएका थिए । सो ११ जना मोडलहरुलाई मिस टुरिजम नेपाल २०१५ कि बिजेता चन्द्रिका मोतेले कोरियोग्राफ गराएकी थिइन् ।

No description available.

‘एकसेएकरनवे’ को इन्भेन्ट को अर्डिनेटरको रुपमा दीक्षा गिरि, रुष्मा रोक्का, दिनेश बिक र अफिसियल फोटोग्राफीको रुपमा परिकला फोटोग्राफी रहेको थियो भने कार्यक्रमको डिजाइन जिवन चिमोरियाले गरेका हुन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

धेरै पढिएका

पछिल्ला अपडेट