पूर्वपति छवि ओझाले दिए रेखा थापालाई जितको शुभकामना

रंग नेपाल २०७९ असोज २४ मा प्रकाशित

काठमाडौं । चलचित्र निर्माता छवि ओझाले अभिनेतृ समेत रहेकी राप्रपा नेतृ रेखा थापालाई प्रतिनिधिसभा सदस्यमा जितको शुभकामना दिएका छन् ।

मंसिर ४ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मोरङ ३ मा उम्मेदवारी दर्ता गरेकी रेखालाई पूर्वपति समेत रहेका छविले जितको शुभकामना दिएका हुन् । सामाजिक सञ्जालमा लेख्दै छविले रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई आफूले नजिकबाट चिनेको समेत बताएका छन् ।

छविले भनेका छन्ः

कलिलो उमेर मै नेपाली सिने क्षेत्रमा प्रवेश गरेर नेपाली सिने क्षेत्र कै गौरब बन्न सफल- चलचित्र मार्फत नारी आवाजलाई बुलन्द गर्दै दशौं वर्षसम्म शिर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आंटीली हिम्मतवाली नायिका हालः राप्रपाको को नेतृ – रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं. ३ बाट उमेद्वारी दर्ता गरेकी छिन्।
रेखाको साहस, आंट र नेतृत्वदायी क्षमतालाई मैले नजिकबाट चिनेको छु- तपाईको राजनीतिक यात्रा सफल रहनेमा म ढुक्क छु
रेखा जी तपाईलाई जीतको लागि अग्रिम शुभ कामना
यो पनिः

उम्मेदवारी दर्ता गर्दै रेखा थापाले भनिन्ः अब पनि हामी नबोले, आवाज नउठाए कस्ले उठाउँछ ?

धेरै पढिएका

पछिल्ला अपडेट