५७ औं वर्षमा शाहरुख खान

रंग नेपाल २०७९ कार्तिक १६ मा प्रकाशित

काठमाडौं । किङ खानका रुपमा परिचित बलिउड स्टार शाहरुख खानले आज आफ्नो ५७ औं जन्मदिन मनाइरहेका छन् ।

जन्मदिनको अवसरमा शाहरुखलाई शुभकामना दिन उनका फ्यानहरु मध्यरातमा मुम्बईस्थित घर मन्नतको बाहिर जम्मा भएका थिए । फ्यानहरु बाहिर जम्मा भएपछि शाहरुखले फ्यानलाई अभिवादन फर्काउँदै धन्यवाद दिएका थिए । शाहरुखले फ्यानहरुलाई अभिवादन फर्काउँने क्रममा उनका कान्छो छोरा अबराम पनि शाहरुखसँग देखा परेका थिए ।

२ नोभेम्बर १९६५ मा जन्मिएका शाहरुख १९८० को दशकमा धेरै टेलिभिजन काम गरेर आफ्नो क्यारियर सुरु गरेका थिए । हिन्दी चलचित्र ‘दिवाना’ बाट खानले बलिउडमा डेब्यु गरेका थिए ।

यसैगरी, आज शाहरुखको जन्मदिनको अवसरमा शाहरुख अभिनित चलचित्र ‘पठान’को टिजर सार्वजनिक गर्ने कार्यक्रम रहेको यशराज फिल्मस्ले जनाएको छ ।  शाहरुखकै जन्मिदिनको अवसरमा आज भारतमा यशराज फिल्मस्ले ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे)’ को रि–रिलिज गर्दैछ ।

सन् १९९५ अक्टोबर २० मा रिलिज भएको डीडीएलजे मुम्बईको मराठा मन्दिर सिनेमा घरमा २७ वर्षदेखि प्रदर्शनरत छ ।  शाहरुखको जन्मदिनमा यो फिल्म मराठा मन्दिरका अलावा भारतका कैयौं थिएटरमा प्रदर्शन हुनेछ । फिल्मको टिकट मूल्य एक सय रुपैयाँदेखि एक सय ११ रुपैयाँसम्म राखिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट