गायक राजु ढुङ्गेलको स्वरमा ‘माइती घर’ सार्वजनिक

रंग नेपाल २०७९ मंसिर १२ मा प्रकाशित

काठमाडौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङ्गेल र गायक राम कुमार नेपालीको स्वरमा रहेको मौलिक नैमती बाजामा रहेको ‘माइती घर’ गीतको भिडियो सार्वजनिक भएको छ । पूर्वेली लोक लयमा आधारित गीतमा जिवनका भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ । दीपक खड्काको शव्द तथा राजु ढुङगेको लय सृजना र सञ्जय श्रीपालको एरेन्जमा गीत तयार गरिएको छ ।

आफू जन्मे हुर्केको परिवेशलाई छोडेर आगामी दिनमा सफल जिवन जिउने आशाका साथ माइती घरबाट विदा भएकी चेलीबीचको प्रसङ्गलाई गीतमा समेटिएको छ । करण चैसिरको छायाँकन, अमृत चापागाइँको सम्पादन तथा याम गुरुङको निर्देशन तथा नृत्य निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा रिना थापा मगर, याम गुरुङ, प्रवेश थापा र आसरिना न्यौपानेको नृत्य देख्न सकिन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट