डा. सन्दुक रुइतले जिते १० लाख डलरको अवार्ड

रंग नेपाल २०७९ माघ ३ मा प्रकाशित

काठमाडौं । नेत्र चिकित्सक डा. सन्दुक रुइतले बहराइनमा आयोजित इसा अवार्ड जितेका छन् ।

‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले आयोजना गर्दै आएको अवार्डमा रुइतले अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

इसा अवार्ड यसअघि मलेसियाकी चिकित्सक जमिला महमूद (सन् २०१३), भारतका समाजसेवी तथा शिक्षाविद् डा. अच्युत सामन्त (सन् २०१५), इजिप्टको बालबालिका क्यान्सर अस्पताल (सन् २०१७) र पाकिस्तानको ईदी फाउन्डेशन (सन् २०१९) लाई प्रदान गरिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट