केपी ओली कपको तयारी पूरा, ट्रफी र गीत सार्वजनिक (तस्वीरहरु)

रंग नेपाल २०७९ फागुन ९ मा प्रकाशित

काठमाडौं । केपी ओली कप २०७९ राष्ट्रिय फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

मंगलबार आयोजक राष्ट्रिय युवा संघ नेपालले, काठमाडौंस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्लेक्स, सातदोबाटोमा ट्रफी र प्रतियोगिताको चिनारी गीत सार्वजनिक गरेको हो ।

एमाले निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्येश्यले च्याम्पियनसीपको आयोजना गरिएको बताए ।

सबै राजनीतिक दलले खेलकुदलाई प्राथमिकतामा नराखेको कारण खेलकुदको विकास नभएको टिप्पणी गरेका पौडेलले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि च्याम्पियनसीपको आयोजना गरिएको बताए ।

उनले भने ‘यो च्याम्पियनसीपले नेपाली फुटबलको क्षेत्रमा योगदान पुर्‍याउने विश्वासका साथ र नेपालका सबै राजनीतिक दललले खेलकुदलाई त्यति प्राथमिकतामा नराखेको हुँदा जति मात्रमा खेलकुदको विकास हुनु पर्ने हो भएको छैन् ।त्यसैले सबै दलले खेलकुदलाई प्राथमिकतामा राख्न सक्यौ भने समग्र खेलकुद क्षेत्रको विकास हुन्छ भन्ने मान्यताले च्याम्पियनसीपको पहिलो पटक आयोजना गर्‍यौ।’

उनले सो कपका लागि डेढ करोड खर्च हुने अनुमान गरिएको सुनाए । केपी  ओली कप पर्सी बिहिबारदेखि हुने प्रतियोगिता १७ गतेसम्म चल्नेछ । प्रतियोगिता आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेे छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट