नयाँ पुस्तालाई अनुभव र स्मरण सुनाउन ओलीले सुरु गरे ‘केपी बा’ युट्युब च्यानल

रंग नेपाल २०७९ फागुन १२ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नाममा युट्युब च्यानल सुरू गरेका छन् ।

उनले यसबारे आफ्नो सामाजिक संजालबाट जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘मेरो जन्मदिनको संदर्भ पारेर नयाँ युट्युब च्यानल ‘बा’ सुरु भएको छ । यसमा आउँदो पुस्तालाई सुनाउन मेरा अनुभव र स्मरण राखिने छ ।’

‘केपी बा’ नामको युट्युब च्यानल ओलीको जन्मदिनको अवसर पारेर फागुन ११ गतेबाट सुरू भएको हो ।

‘केपी बा’ ओलीको लोकप्रिय नाम हो । उनको कार्यकर्ता र समर्थकले उनलाई केपी बा भनेर सम्बोधन गर्छन् ।

उक्त युट्युब च्यानलमा बिहिबारै ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकको भिडिओ अपलोड गरिएको छ ।

२५ मिनेट लामो उक्त भिडिओमा ओलीले आफ्नो जीवनमा भएका तीन महत्वपूर्ण घटनाबारे  बताएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट