फिल्म ‘कैदीको पत्र’को पहिलो गीत सार्वजनिक

रंग नेपाल २०७९ चैत १६ मा प्रकाशित

काठमाडौं । फिल्म ‘कैदीको पत्र’को पहिलो गीत सार्वजनिक भएको छ । आगामी वैशाख १५ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्मले ‘मेरो दिलको तालमा’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर छ भने सनम कुमार बैरागको शब्द रचना तथा सुरेश सेञ्चुरीको सङ्गीत छ ।

यस्तै, गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु कुनाल विश्व र व्रिटिश अभिनेत्री म्याडिशन लाजारसको अभिनय छ । गीतको अङ्ग्रेजी लाइन निखिल गोतामेले लेखेका हुन् भने कबिराज गहतराजको कोरियोग्राफि छ ।

प्रेम र रोमाञ्सको कथामा बनेको यो फिल्ममा आफ्नो जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाईहरु देख्न पाइने निर्देशक सनम कुमार बैरागले बताए । फिल्ममा कुनाल र म्याडिशनको साथमा सलिना थापामगर, पृथ्वीराज खत्री, सुबर्ण थापा, मनिष श्रेष्ठ लगायतका नेपाली तथा व्रिटिश कलाकारहरुको अभिनय छ ।

दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी फिल्मका निर्माता छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट