कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

रंग नेपाल २०७९ चैत २८ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट तीन महिनापछि थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप एक जना संक्रमितको मृत्यु भएको हो । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २१ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट दुई हजार ४३६ जनाको स्वाब परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र एक हजार ९६० जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन १२४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ४८ जना संक्रमित निको भएका छन् भने हाल देशभर सक्रिय संक्रमितको संख्या ४६९ जना छ । सक्रिय संक्रमितमध्ये २४ जना आइसोलेसन, १३ जना आईसीयू र ५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट