‘जारी’ले दुई सातामा कति कमायो ?

रंग नेपाल २०८० वैशाख १६ मा प्रकाशित

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत ‘जारी’ तेस्रो सातामा प्रवेश गरेको छ ।

वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म तेस्रो साता पनि उच्च शोजका साथ प्रदर्शन भइरहेको छ । फिल्मले पहिलो र दोस्रो साता गरी करिब १२ करोड व्यापार गरेको निर्माण टिमले जानकारी दिएको छ ।

दर्शक तथा समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाएको फिल्म देश तथा विदेशमासमेत प्रदर्शन भइरहेको छ ।

फिल्म केही दिनअघि बेलायतमा पनि भव्य रेडकार्पेट प्रिमियर गरिएको थियो । फिल्मको प्रिमियर शोमा सहभागी हुन अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा बेलायत पुगेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट