धुम-४ मा जोन भिलेन

रंग नेपाल २०८० वैशाख १७ मा प्रकाशित

मुम्बई । यशराज फिल्मस्को ‘धुम’ फ्रेन्चाइजी बलिउडको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजी मानिन्छ । सन् २००४ मा रिलिज ‘धुम’को पहिलो भागमा अभिनेता जोन अब्राहम भिलेन अवतारमा देखिएका थिए । फिल्म ‘धुम २’ मा ऋतिक रोशन र ‘धुम ४’ मा आमिर खान भिलेन अवतारमा देखिए ।

यशराज फिल्मस् अब ‘धुम ४’को तयारीमा जुटिसकेको छ । फिल्ममा यसपटक पुनः जोन भिलेन चरित्रमा देखिन लागेका छन् । जोन अभिनित पछिल्लो फिल्म ‘पठान’मा उनले निभाएको भिलेन चरित्रबाट प्रभावित भएको यशराजले ‘धुम’ को चौथो संस्करणका लागि जोनलाई लिने मनस्थिति बनाएको छ ।

‘यो वर्षको सुरुवातमा जोनले शाहरुख खान अभिनित ‘पठान’मा आफ्नो दमदार अभिनयले सबैको मन जिते । उनको भिलेन चरित्रलाई सबैले मन पराए । यहीकारण यशराज फिल्मस्ले पुनः एकपटक जोनलाई ‘धुम’को फ्रेन्चाइजीमा कमव्याक गराउने योजना बनाएको छ । पछिल्लो पटक यशराजको कैयौं बैठकमा जोनलाई देखिइएको छ । त्यसकारण पनि जोन दोहोरिने सम्भावना उच्च छ’, यशराज निकट स्रोतले भनेको छ ।

जोनको अभिनय रहेको ‘धुम’को क्लाइमेक्स ‘ओपन एण्ड’ थियो । त्यसकारण उनी अन्तिममा मरे या भागे भन्ने कुरा अनिश्चित थियो । यो अनिश्चिततालाई उपयोग गर्नका लागि निर्माण टिमले जोनलाई पुनः फिल्ममा जोड्ने योजना बनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट