‘फर्की फर्की’को विदेश वितरण अधिकार धमाधम बिक्री

रंग नेपाल २०८१ वैशाख १३ मा प्रकाशित

काठमाडौं । आगामी जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधम बिक्री भइरहेको छ ।

फिल्मका निर्माता रोहित अधिकारीका अनुसार जापानपछि दक्षिण कोरियाका लागि फिल्मको वितरण अधिकार बिक्री भएको छ । यो फिल्मलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ ।

यस्तै, दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्टले लिएको छ ।

नेपाली फिल्मका लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले फिल्म वितरणको जिम्मा लिएको छ । हङकङमा भने फिल्मलाई ओपिजी फिल्मस्ले बिक्री गर्नेछ ।

अन्य देशमा पनि फिल्मको अधिकार बिक्रीका लागि कुरा भइरहेको निर्माता अधिकारीले बताएका छन् ।

फिल्मको ट्रेलरले २३ लाख माथिको भ्यूज मात्र पाएको छ ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट