हलिउड फिल्म ‘आइस रोड २’ को छायांकन नेपालमा हुने

रंग नेपाल २०८० वैशाख १७ मा प्रकाशित

काठमाडौं । हलिउड फिल्म ‘आइस रोड २ : रोड टु द स्काई’को छायांकन नेपालमा हुने भएको छ ।

लियम नीसनको मुख्य भूमिका रहने ‘आइस रोड २’ सन् २०२१ को फिल्म ‘द आइस रोड’को सिक्वेल हो ।

यो फिल्मको छायांकन नेपालका पहाडी क्षेत्रमा हुने हलिउड म्यागजिन डेडलाइनमा उल्लेख गरिएको छ ।

जोनाथन हेन्सलेको लेखन र निर्देशन रहने फिल्मको छायांकन सन् २०२४ को मार्चदेखि सुरु हुने बताइएको छ । हाल भने यस फिल्मको प्रि–प्रोडक्सनको काम चलिरहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट