चलचित्र ‘सानीमाया’ को छायांकन सुरु

रंग नेपाल २०८० वैशाख २० मा प्रकाशित

काठमाडौं । देव धिमालको निर्देशित नेपाली कथानक चलचित्र ‘सानीमाया’को छायांकन सुरु भएको छ ।

बुधबार ८८४८ ईन्टरटेन्टमेन्ट प्रा.लि. को प्रस्तुति तथा धिमाल फिल्मसको निर्माण एवम् सहकार्यमा चलचित्र ‘सानीमाया’को छायांकन सुरु भएको निर्देशक धिमालले जानकारी दिए ।

चलचित्रको शुभमुहुर्त कार्यक्रममा नेपाल चलचित्र विकास बोर्ड तथा चलचित्र निर्माता संघका पूर्व अध्यक्ष राजकुमार राईले नेपाली चलचित्रलाई माथि उठाउन विषयवस्तुलाई बलियो बनाउन आवश्यक भएको बताए ।

उनले भने ‘समग्र चलचित्र सफल हुनुमा बनाउनु ठूलो कुरा होइन । विषयवस्तुको आधारमा आफ्नो टिमलाई परिचालन गर्न सक्नुपर्छ ।’

चलचचित्रलाई सफल बनाउन विषयवस्तुको उठान राम्रोसंग गर्नु पर्ने उनको भनाइ छ । राईले कलाकारहरुको मिहेनत र टिम परिचालनले पनि चलचचित्रलाई सफल बनाउने या नबनाउने भन्ने निर्भर हुने बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट