चलचित्र ए साथी सुनको गीत ‘मनले भन्छ’ सार्वजनिक

रंग नेपाल २०८० वैशाख २१ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘ए साथी सुन’ को गीत सार्वजनिक भएको छ ।

‘मनले भन्छ’ बोलको गीत सोमबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा हर्क साउदको शब्द रचना तथा उज्वल सागरको संगीत र स्वर रहेको छ । लिरिकल गीतमा चलचित्रका मुख्य अभिनेता रमेश बानियाँ र अभिनेत्री वर्षा सिवाकोटी प्रस्तुत छन् । आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र लभस्टोरी, थ्रीलर र कमेडी जनरामा बनेको छ ।

चलचित्रमा वर्षा र रमेशका साथै आयन खड्का, सुशिल पोखरेल, स्व. जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीलगायतको पनि अभिनय रहेको छ । राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । चलचित्र आरआर फिल्म्सले वितरण गर्ने अधिकार लिएको छ ।

इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रको सह-निर्मातामा सुदीप पौडेल छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट