बलिउड अभिनेता आमिर खान काठमाडौंमा

रंग नेपाल २०८० वैशाख २४ मा प्रकाशित

काठमाडौं । नयाँ फिल्म ल्याउने सोंचमा रहेका बलिउडका चर्चित अभिनेता आमिर खान १० दिनका लागि काठमाडौं आएका छन् ।

अभिनेता खान काठमाडौंको बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा १० दिन ध्यानमा बस्ने उद्देश्यले आएका हुन् ।

बिहान १० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका खानलाई पूर्व अर्थ राज्यमन्त्री एवं व्यवसायी रुप ज्योतिले स्वागत गरेका थिए । रुप ज्योति हाल विपस्यना ध्यान केन्द्रका केन्द्राचार्य पनि हुन् ।

ज्योतिले अभिनेता खान ध्यानका लागि नेपाल आएको जानकारी दिँदै उनको अन्य कार्यक्रम भने नरहेको बताए । खानलाई विमानस्थलबाट सोझै बूढानीलकण्ठ लगिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट