चलचित्र ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक

रंग नेपाल २०८० वैशाख २५ मा प्रकाशित

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी अभिनित चलचित्र ‘ए साथी सुन’ को ट्रेलर सार्वजनिक भएको छ ।

आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र लभस्टोरी, थ्रीलर र कमेडी जनरामा बनेको छ ।

२ मिनेट २५ सेकेण्ड लामो ट्रेलरमा प्रेमिल भाव देखाइएको छ ।

चलचित्रमा वर्षासँगै रमेश बानियाँ, आयन खड्का, सुशील पोखरेल, स्व. जयनन्द लामा, रमेश अधिकारी, कृष्मा खड्का, इभान सन्जेल, बिमला गिरीलगायत कलाकारको अभिनय छ ।

चलचित्रलाई राम राघव आचार्यले लेखन तथा निर्देशन गरेका हुन् भने बीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका छन् । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट