चलचित्र ‘हल्कारा’ आजबाट प्रदर्शनमा

रंग नेपाल २०८० वैशाख २९ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ‘हल्कारा’ प्रदर्शनमा आएको छ ।

गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’को कथामा बनेको चलचित्रमा महेश त्रिपाठी र विनीता थापामगर मुख्य भूमिकामा रहेका छन् ।

चलचित्रमा महेश र विनीतासँगै उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्की लगाएतका कलाकारको अभिनय छ ।

चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायाङ्कन रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट