अभिनेत्री परिणीति र नेता राघवबीच इन्गेजमेन्ट

रंग नेपाल २०८० वैशाख ३१ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री परिणीति चोपडा र आम आदमी पार्टी (आप)का नेता राघव चड्ढाबीच इन्गेजमेन्ट भएको छ ।

शनिबार साँझ दिल्लीको ‘बिकानेर हाउस’मा उनीहरुले इन्गेजमेन्ट गरेका हुन् ।

इन्गेजमेन्टमा निकटवर्ती र परिवारका सदस्यहरूको मात्रै उपस्थिती रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेत्री चोपडाले इन्गेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

यसअघि दुवैले प्रेम र बिहेको खबरमा केही खुलाएका थिएनन् । यसै वर्षको अन्त्यसम्ममा दुबैजना विवाह बन्धनमा बाँधिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट