‘पशुपति प्रसाद २ : भष्मे डन’मा सौगातको लुक्स सार्वजनिक

रंग नेपाल २०८० जेठ ३ मा प्रकाशित

काठमाडौं । छायांकन भइरहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको पात्र लुक्स सार्वजनिक भएको छ । पशुपतिनाथ मन्दिर क्षेत्रमा छायांकन भइरहेको यो फिल्मको अब गीतको मात्रै छायांकन बाँकी छ ।

यसअघि भष्डे डनको भूमिकामा देखिनुभका विपिन कार्की र स्वस्तिमा खड्काको क्यारेक्टर अवतारसमेत सार्वजनिक भइसकेको छ । आगामी साता फिल्मको छायांकन सकिने जनाइएको छ ।

खगेन्द्र लामिछानेको पटकथा लेखन र निर्माणमा बनिरहेको यो फिल्म पशुपतिप्रसाद मात्र नभएर भष्मे डनको पात्रमाथि आधारित छ । फिल्म आगामी दशैंमा प्रदर्हनमा आउने तयारीमा छ ।

धेरै पढिएका

पछिल्ला अपडेट